राष्ट्रिय झण्डा बोकेर सप्तकाेशी नदिमा पहिलाे पटक पानीजहाज सरर चलेपछि…………

सप्तकाेशी नदिमा पहिलाे पटक मिनि पानी जहाज चलेकाे छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि ले नदिमा व्यवसायिक जल यातायातकाे शुरूवात गरेकाे छ । बराहक्षेत्र बाट उत्तर रहेको सिम्ले पुग्नको लागि झन्डै ६ घण्टा समय खर्चनुपर्ने बाध्यता छ, ६ घण्टा समय लाग्ने ठाउँ १५ मिनेटमै पुगिनेछ । त्यती दुरी पार गर्दा एक जनाले एक हजार रुपैयासम्म खर्च गर्छन् तर बोट सञ्चालनपछि ४ सय रुपैयामै सिम्ले पुगिने छ ।

कम्पनीका प्रबन्धक निर्देशक विमलमान श्रेष्ठ ले करिब ३ कराेडकाे लागतमा सेवा संचालन गरेकाे जानकारी दिए । उनले पर्यटन विस्तार तथा जल यातायातकाे रूपमा मिनि पानी जहाजलाइ उपयाेग गरिने बताएका छन् । बोटबाट चतराबाट जलमार्ग हुँदै भोजपुर, धनकुटा जिल्लासम्म पुग्न सकिने उनले बताए ! स्थानियहरुलाई यातायातमा सहजता हुने मात्र नभई बराहक्षेत्र दर्शन गर्न आउने भक्तजनहरुलाई पनि सुविधा हुने उनले बताए ।

प्राविधिकसहितको टोलीले सफल परीक्षण गरेसँगै जल पर्यटनको प्रचुर सम्भावना रहेको सप्तकोसीमा जेटबोट सञ्चालन गर्न बाटो खुलेको हो । बराह क्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिले चतरालाई आधार बनाएर बोट सञ्चालनको तयारी गरेको हो ।

पर्यटन व्यवसायीहरू सन्तोष भण्डारी, पर्शुराम राई (कवि), अमित साह र हरिकुमार श्रेष्ठ सहितको टोलीले जेटवोट सञ्चालन गर्न लागेका हुन् । यसमा मिलन साह, विमलमान श्रेष्ठ, ओमप्रसाद रेग्मी र लक्ष्मीप्रसाद रेग्मी सेयर सदस्य छन् ।

पहिलो चरणमा चतरादेखि भोजपुर, धनकुटा र उदयपुरको संगमस्थल सिम्लेसम्म १४ किलोमिटर दुरीमा बोट सञ्चालनको तयारी गरिएको जानकारी श्रेष्ठले दिए । उनका अनुसार बोटले १४ किलोमिटर दुरी १५ मिनेटमै पार गर्छ । १४ किलोमिटर दुरीमा एकजनाको चार सय रुपैयाँ भाडा लिने तयारी सञ्चालकले गरेका छन् ।

प्रालिका म्यानेजिङ डाइरेक्टर विमलमान श्रेष्ठका अनुसार जल यात्राका लागि जर्मनीबाट इन्जिन र फिनल्याण्डबाट बडी झिकाइएको हो । श्रेष्ठले साढे तीन मेट्रिक्टन क्षमताको बोटमा एक पटकमा ३० जनाले यात्रा गर्न सक्ने बताए । ‘बोट सञ्चालन गर्न पानीको बहाव, भेल र छालले कुनै असर गर्दैन’, उनले भने, ‘दुई फिटसम्म पानी भएको ठाउँमा चलाउन सकिन्छ ।’

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu