२५६२ औ बुद्ध जयन्ती मनाउन इजरायलका लागि नेपाली महामहिम राजदुतको नेतृत्वमा समिति गठन

इजरायलमा हरेक बर्ष विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मजयन्ती भब्य रुपले मनाउदै आइरहेको सबैलाई बिदिदै छ । यसैलाई मध्यनजर गर्दै आउदै गरेको २५६२ औ बुद्ध जयन्ती भव्यताका साथ मनाउन इजरायलको लागि नेपाली महामहिम राजदुत निरञ्जनकुमार थापाको नेतृत्व(संयोजकत्व)मा ११ सदसीय एक कमिटि निर्माण गरिएको छ ।

हरेक बर्ष बुद्ध जयन्तिको आयोजना नेपाल आदिवासी जनजाती महासंघ इजरायलले गर्दै आएको थियो तर विश्व शान्तिका अग्रदुत भगवान बुद्धको जन्मजयन्ती सरकारकै अधिकारिक निकायले गर्नु पर्ने आवाज बढ्दै गएको सन्दर्भमा मार्च १६ , २०१८ को दिन इजरायलमा रहेका नेपालीहरुको बिभिन्न संघसंगठनको प्रतिनिधिहरुको संयुक्त टोलीले महामहिम राजदुतलाई भेटि यस पवित्रको नेतृत्व राजदुतावासले नै गर्नु पर्ने भन्दै एक ज्ञापनपत्र समेत बुझाएका थिए । उक्त ज्ञापनपत्र बुझ्दै महामहिम राजदुतले आउदो बुद्ध जयन्तिको आयोजनाको नेतृत्व राजदूतावासले नै गर्ने प्रतिबद्धता जनाउनु भएको प्रबासी नेपाली मंच इजरायलका अध्यक्ष तिर्थ गौतमले पानाखबरलाई जानकारी दिएका छन्  ।

महामहिमको त्यही प्रतिबद्धता अनुसार मार्च २२ ,२०१८ को दिन महामहिम राजदुतको संयोजकत्वमा आदिवासी जनजाती महासंघका नयनकुमार लिम्बु , प्रबासी नेपाली मंच इजरायलका अध्यक्ष तिर्थ गौतम, गैर आबासिय नेपाली सघ इजरायलका अध्यक्ष तथा प्रतिनिधि, बिश्व नेपाली साहित्यिक महासघका अध्यक्ष सानु गुरुङ, हिन्धु जागरण अभियान इजरायलका अध्यक्ष सुमित्रा भण्डारी, सत्यसाई केन्द्र इजरायल अध्यक्ष नेहा गुरुङ, संयुक्त नेपाली मण्डलका माया सुनुवार, लुम्बिनीकपिलवस्तु अभियान इजरायलका अध्यक्ष मिना बान्तवा, हाम्रोपेज डटकमका प्रधानसम्पादक पुष्प श्रेष्ठ र सदस्य सचिबमा नेपाली दुतावासका उपनियोग प्रमुख हरिहर कान्त पौडल रहने गरि ११ सदस्य कार्यसमति गठन गरिएको छ ।

हेर्नुहोस , बुद्ध जयन्ति मनाउन राजदूतावासले नेतृत्व गरोस भन्दै महामहिम राजदुत थापालाई इजरायलको बिभिन्न संघ संस्थाहरुले संयुक्तरुपमा बुझाएको ज्ञापनपत्रको पूर्णपाठ

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu