रविको फेक एकाउन्ट चलाउनेहरुलाई उक्त एकाउन्ट तु बन्द गर्न रविले दिए चौबिस घण्टे चेतावनी (भिडियो)

यो भिडियो सक्दो शेयर गर्न आफ्ना शुभचिन्तकहरुमा रविको बिशेष अनुरोध छ : गाईकोबारेमा एक शब्द नबोलेको रविको प्रष्टिकरण 
सामाजिक संजालमा रबि लामिछानेले गाईको विवादबारे यस्तो बोले उस्तो बोले भन्दै रविको नामबाट भैरहेको गलत प्रचारप्रसारले रविको नामलाई बदनाम बनाउने काम गरेको देखेर भोलिको भागको लागि बिशेष रिपोरटिंग गर्दै गरेका सिधाकुरा जनतासंगका प्रस्तोता रबि लामिछाने आज अचानक एकाएक आफ्नु फेसबुक पेज र आइडीबाट लाइभ आएर आफुले विवादित गाईको बिषयमा केहि पनि नबोलेको प्रष्ट पार्दै आफ्नु नामबाट संचालन भएको नक्कली पेज र नक्कली आइडी चलाउनेलाई कडा चेतावनी दिदै उक्त कार्य चौबिस घण्टा भित्र बन्द नगरे कानुनी कार्वाही गर्ने बताएका छन् ।

गाईकोबारे रविले भनेको भनाई भन्दै केहि अनलाइनहरुले उतेजित हेडलाइन राखेर विश्व कृतिमानी पत्रकार एबम नेपाली टेलिभिजन इतिहास कै सर्वाधिक प्रभावशाली शो सिधाकुरा जनतासंगका प्रस्तोता रविलाई बदनाम बनाउन उधत देखिएपछि रबिका शुभेच्छकहरुले लाइभ आएर उक्त कुराबारे प्रष्ट पार्नु अनुरोध गर्दै रविलाई मेसेज समेत पठाएको जानकारी रविले लाइभ भिडियोमा उलेख गरेका छन् । भिडियोमा बोल्दै रविले आफुनु फेसबुक , टुईटर लगायत कुनै पनि सामाजिक संजालमा केहि नलेखेको बताए , यदि कहिँ कतै यस्तो लेखिएको भए उक्त सबै नक्कली भएको बताए ।

फेसबुक लाइभ मार्फत आफुले बोलेको उक्त भिडियो सक्दो शेयर गर्न सबैमा अनुरोध गर्दै अर्काको नाममा फेक फेसबुक एकाउन्ट चलाएर खेलवाड नगर्न समेत अनुरोध गरेका छन् । नेपाल र नेपाली नेपाली बीच फुटाउने घृणित कार्यमा लाग्ने समाजका कुतत्वलाई रविले कडा चेतावनी पनि दिएका छन् । राष्ट्र र जनताको बिपक्षमा आफु कदापी नबोल्ने प्रतिबद्धता गर्दै आफ्नु नामबाट बिभिन्न फेक आइडी र पेजबाट आफ्नु शुभेच्छकहरुमा पर्न गएको दुखप्रति रविले मागी पनि मागेका छन् ।

रविको अधिकारिक आइडी यो हो https://www.facebook.com/profile.php?id=100006065443699

हेर्नुस रविको लाइभ भिडियोमा के भने :-

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu