सडक बिस्तारको नाममा पुरातात्विक सम्पदाको बिनास नहोस भन्दै विरोध गर्दा प्रहरीले यसरी झम्टियो (भिडियो)

सम्पदा बचाउ अभियानले आयोजना गरेको बिरोध कार्यक्रमा प्रहरीले हस्तक्षेप गरेको छ । विकासको नाममा पुरातात्विक सम्पदाको बिनास नगरियोस भनि सयौको संख्यामा बानेश्वरमा कार्यक्रम गरेका थिए । उक्त प्रदर्शनीमा प्रहरीहरुले निषेधित क्षेत्रमा प्रवेश गरेको भनेर पानीको फोहोरा हानेर धपाएको थियो । उक्त झडपमा प्रहरीले १६ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडक विस्तारको क्रममा पुराना सम्पदा र धेरै पुराना घर पनि भत्काइएको भन्दै विभिन्न काठमाडौं उपत्यकाका विभिन्न जातीय समुदायले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास र पानीकाे फाहाेरा प्रहार गरेपछि प्रदर्शनकारीहरू तितरबितर भएका छन् । झडपमा ५ जना प्रदर्शनकारी घाइते भएका छन् ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu