तेलअभिवमा २५६२ औं बुद्ध जयन्ती भव्य रुपमा मनाउन समिति,उपसमिति गठन

तेलअभिव –गत शुक्रबार गैरआवासीय नेपाली संघ इजरायलको तेलअभिवस्थित कार्यालयमा भएको बैठकले शान्तिका अग्रदूत भगवान गौतम वुद्धको  २५६२ औं जन्म जयन्ती समारोहलाई भव्य रूपमा सम्पन्न गर्न बिभिन्न समिती गठन गरिएको र उक्त समितिले आगामी अप्रिल १४ तारिख हुने बैठकमा दिईएको जिम्मेवारीहरूको प्रगती विवरण पेश गर्नेछन् ।

गठित समितीहरूमा हल ब्यवस्थापनमा तेन्जीन शेर्पा,आर्थिक संयोजक छिरिङ शेर्पा लामा,नयन इम्सोङ लिम्बु,तिर्थ गौतम, प्रचार प्रसारमा पुष्प श्रेष्ठ, पाठ पुजा ब्यवस्थापनमा थुप्तेन लामा,स्वयंसेवक परिचालनमा लक्ष्मीधर गौतम , अतिथी सत्कारमा सुजता गौतम साथै एसिया प्यासेफिक रिजनका कुटनैतिक नियोग लगायत इजरायलमा स्थापित बिभिन्न धार्मिक, राजनैतिक,सामाजिक संघ सस्थाहरूबिच समन्वय गर्नका लागी नेपाली राजदूताबास इजरायलले पहल गर्ने निर्णय गरीएको छ ।

नेपाली राजदूताबास इजरायलको प्रमुख आयोजकत्वमा मनाउन लागिएको भगवान गौतम बुद्धको २५६२ औं जन्म जयन्ती समारोहलाई भव्य रूपमा सम्पन्न गर्न गराउन इजरायलमा स्थापित बिभिन्न संघ सस्था लगाएत सञ्चारकर्मीहरूलार्इ आगामी अप्रिल ७ तारिख भित्र सह आयोजक, मिडिया पटर्नरकारूपमा सहकार्य गर्न आवहान गरिएको छ ।

भगवान गौतम बुद्धको २५६२ औं जन्म जयन्ती मे १२ तारिख शनिबार बिहान ११ बजेबाट तेलअभिवमा हुनेछ ।

सम्पर्कको लागी :
नेपाली राजदूतावास तेलअभिव,Textile Centre Building, 14th Floor
2 Kaufman Street
डोमा शेर्पा -०५४९८४४३०४
सुन्दर सिंह लामा तामाङ -०५२६६५८९०४

प्रकाशित मिति : २०७४ चैत १९,सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu