छोरीलाई काखमा च्यापेर सन्नी लियोनले लेखिन यस्तो भावुक सन्देश

एजेन्सी । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनले छोरी निशा कौर वेबरलाई काखमा च्यापेको फोटोसहित भावुक सन्देश पोस्ट गरेकी छन् ।

 

 

शनिबार दिउँसो सामाजिक सञ्जाल इङ्स्टाग्रमा फोटो र भावुक सन्देश पोस्ट गरेकी हुन् । सन्नीले छोरी निशालाई आफ्नो ज्याकेटभित्र छातीमा च्यापेर राखेको फोटो र सन्देश इङ्स्टाग्राममा पोस्ट गरेकी छन् ।

फोटोसँगैको सन्देशमा उनले लेखेकीछन्, ‘म बाँचा गर्छु, मेरो दिल आत्म र शरीरका हरेक अंग तिम्रो संरक्षणकाका लागि हुन् । यो दुनियाँका हरेक खराब चिजहरुसँग तिमीलाई बचाउनका लागि आफनो ज्यान पनि दिन्छु । खराब व्यक्तिका विरुद्ध दुनियाँका सबै वच्चाले सुरक्षाको महसुस गर्न पाउनुपर्छ । आउनुहोस् हामी आफ्ना बच्चालाई थोरै अझ नजिक ल्याऊँ, ता कि हरेक मूल्यमा उनीहरु सुरक्षित रहुन् ।’

सन्नीको यो सन्देश कठुवामा ८ वर्षकी बालिका माथि भएको सामुहिक बलात्कारबाट आहत भएर लेखेकी हुन् भनेर भन्न नसकिए पनि उनको यो सन्देश सामुहिक बलात्कारको दर्दनाक घटनालाई लिएर हरेकमा उनका बच्चाको सुरक्षाप्रतिको चिन्तालाई इंगित गरेको देखिन्छ ।

पछिल्लो वर्ष सन्नीले एक बच्चालाई अपनाएकी थिइन् । सन्नीले उक्त बच्चीको नाम निशा कौर वेबर राखिन् । निशाबाहेक सन्नी लियोनका दुई छोरा अशर सिंह वेबर र नोआ सिंह वेबरकी समेत आमा बनेको खुसीको खबर दिएकी थिइन् ।

यसभन्दा पहिले सन्नीले छोरी निशाका बारेमा भनेकी थिइन्, ‘म छोरीसँग प्रत्येक सेकेन्ड आनन्द महसुस गरिरहेकी छु। ऊ दुनियाँ देख्न र धेरै कुरा सिक्न आतुर छे ।’

सन्नीले गत जुलाइमा निशालाई अपनाएकी थिइन् । उनले निशाको आगमनले आफूलाई पूरै बदलिदिएको बताउँदै आएकी छन् ।

 

प्रकासित मिति: २०७५ वैशाख ०२ गते आइतबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu