‘लाइसेन्सका लागि फोन नगर्ने गृहमन्त्रीमा केपी वली मात्र थिए’

कमल ढकाल
अफ्रिकन एक उखान छ। ‘बुद्धिमान मान्छेले कहिल्यै सबै कुरा जान्दैन, मूर्ख मात्र सधैं सबै जान्ने हुन्छ।’ यसलाई मद्दत गर्ने नेपालीमै घुलिसकेको एक अंग्रेजी भनाइ पनि छ। ‘ज्याक अफ अल मास्टर अफ नोन।’ अर्थात् भन्दा सबै जान्ने बेला आएपछि केही पनि नजान्ने।

जिन्दगी सुखी र सफल बनाउन धेरै कुरा जान्न पर्दैन। सफलता भनेकै लगातार एकै चिजमा घोटिएको जीवनबाट निक्लने बत्ती हो। जुनसुकै सफल मान्छेलाई हेर्दा यही देखिन्छ। घरी यता घरी उता लाग्नेहरू यता न उता भएका उदाहरण धेरै छन्।

जोड्न खोजेको ३० वर्ष एकै काम गर्ने विमला थापाको। महिला प्रहरीमा लाग्नु भनेकै उनी आउँदा अनौठो थियो। अनौठो काम गर्नेकै जिन्दगी मीठो हुन्छ। प्रहरीमा पनि महिला हुन्छन् र? भन्ने बेला २०४१ सालमा उनीले १६ सयलाई जित्दै असईबाट जागिर शुरु गरिन्। उनले प्रहरीभित्र गरेको काम पुरुषको भन्दा निकै माथिल्लोस्तरको छ।

जहाँ खुट्टा उभिन्छ। त्यहीं दिमाग हुन्छ। दिमागमा गर्छु र गर्न सक्छु भनेपछि जहाँ पुगे पनि राम्र्रै गर्छ। हरेक मान्छेले। उनले पनि आफ्नो दिमागमा त्यही हालिन्। एयरपोर्ट बस्दा आफ्नो कार्यकालमा सबै रेकर्ड तोडेर सबैभन्दा बढी अवैध पैसा समातेको रकेर्ड बनाइन्।

२०५२ सालमा उनलाई यस्तो भयो तत्कालीन राजकुमारी श्रुतिलाई लाइसेन्स चाहियो भनेर मान्छे आए। उनी डीएसपी थिइन्। कानुन पल्टाउँदै सिस्टमअनुसार जानोस् भनेर उनले भनिछन्। दरबारलाई लाइसेन्स टक्राउने चलन रहेछ। उनलाई त सातो खाए। बिचलित नभई आफूले लिखित अन्तरवार्ता ट्रायल दिन लगाएर लाइसेन्स दिएपछि उनले त गोदवा नै पाइन्। लाइसेन्सका लागि सीधै गृहमन्त्रीले फोन गर्थे उनलाई। लाइसेन्सका लागि फोन नगर्ने गृहमन्त्रीमा केपी वली मात्र भएको उनले बताइन्।

सधैं सुखका कथा मात्र बन्दैनन्। दुःखका पनि बन्छन्। प्रहरीमा उनको मन पनि निकै बिरक्तियो। राम्रो काम गर्न खोज्दा सरुवाको हैरानीले उनलाई धुरुक्कै पारेको कथा उनीसँगै छ। उनी प्रहरीमा छिर्दा लेडिज टवाइलेट नै थिएन। त्यहाँदेखि यहाँसम्म आउँदा उनले महिला प्रहरीको अधिकारका लागि लडेको भनेर पुरस्कार नै पाइन्।

रवीन्द्रप्रताप शाह र कुबेर राना आईजीपी हुँदा भ्यालीको महिला र सिनियरसहित आफ्नो समस्या शेयर गराउने प्रणाली नै पनि उनले शुरु गरिन्।

कडा विमला भनेर चिनिएकी उनीसँग कमलो मन पनि थियो। र त उनले प्रेम गरिन्। त्यो प्रेमको फुूल र फल लाग्यो। २०४६ सालमा बिहे गरिन् किशोरप्रसाद शर्मासँग। त्यो प्रेम झाँगिएर छोरी सन्ध्या रानी र छोरा सन्देश राजा नामका दुई रुख बने।

ठाडो ओरालोमा नदी पनि मस्त दौडन्छ। जीवन पनि त्यही हो। उनी पनि मस्त दौडिएर आफ्ना नयाँ–नयाँ रेकर्ड बनाइन्। थुप्रै नदी मिसिँदै ठूलो नदी बन्छ। त्यो ठक्कर हन्डरले नदी पनि विस्तारै बग्ने बन्छ। उनी पनि २०७० मा रिटायर्ड हुँदा डीआईजीपीसम्म आइपुगिन्। डीआईजीपीसम्म आउँदा उनको कडा पनहरू नरम बन्दै गइरहेका थिए।

जागिरबाट रिटायर्ड भए पनि उनी टायर्ड भएकी थिइनन्। विमला ज्ञानको भारीले उज्यालो बन्दै आएकी थिइन्। उनी शान्त बन्न शान्ति खोज्दै थिइन्। उनको जीवनका दुई रुख छोराछोरीको शीतलताले पनि धेरै सिकिन्।

काम त गर्नै पर्छ भनेर उनले शुभ संकल्प नेपाल नामक एनजीओ खोलिन्। जसले उनले जिन्दगीभर जानेको काम खनाउने र नयाँ काम सिक्ने अवसर दिएको छ। महिला बालबालिकासम्बन्धी काम गर्ने यो संस्थाले आत्मरक्षासम्बन्धी र भ्यालु एजुकेसनमा जोड दिएको छ। योग र आत्मरक्षा ५० नाघेपछि हैन ५ वर्षदेखि नै शुरु गर्नुपर्नेमा उनले जोड दिएकी छन्।
पृथ्वीमा दुई भ्यालु छन्। एक शाश्वत। जुन सधैं देखिन्छ। पञ्चतत्वको कुरा। अर्काे मानवीय भ्यालुको कुरा छ। मान्छेको असल गुण यसमा पर्छ। जस्तै रिस, कम, नैतिकता, प्रसन्नता आदि। उनले भ्यालु एजुकेसनमा एमएसी गरेपछि यो कुरा झन् बुझिन्। नबुझेर र बुझेको जस्तो नगरेर मान्छे बिग्रन्छ। त्यस्तै मान्छेले संसार बिगार्छ।

जीन्दगी ठुूलो टिचर हो। यसले सिकाउँदै लान्छ। यतिबेला उनी जीवनको सुन्दर रुखमा चढेकी छन्। पहिले उनलाई बाहिरी आवरण नै ठूलो लाग्थ्यो। आजकल भित्री शान्तिले समुन्नति ल्याउने रहेछ भन्ने बुझ्दै छिन्। जिन्दगीभर उनले खुसी बाहिर खोजिन्। जुन भित्रै रहेछ। बुझ्दै छिन। सुख, शान्ति, आनन्द, प्रसन्नता र प्रेम प्रदान गर्ने मान्छेभन्दा ठूलो चिज संसारमा अर्काे छैन। तैपनि सानो कुरामा मान्छे किन चाउरिन्छ। रिसाउँछ र अर्काेलाई प्रेम गर्दैन। उनका दिन यसमै घोत्लन्छन् आजकल।

भन्दै थिइन– ‘जिन्दगी नयाँ बुझ्दै छु।’ आफ्नो आनन्द खोज्दै प्रहरीमा आइन्। अरूलाई आनन्द दिँदा झन् बढी आनन्द आउँदो रहेछ। यो बुझ्दा जीवन झन् सुन्दर हँुदो रहेछ। त्यही भएर उनी अहिले यो नयाँ मार्गमा छिन्। जुन उनी आफैंले कोरेकी हुन्। सफलताका लागि ढिला भन्ने हुँदैन। साधारण घरभन्दा दरबार बनाउन धेरै समय लाग्छ। उनी पनि आफ्नो मनको दरबारमा रमाउँदै छिन्, केही गरेर।

यतिबेला उनी जीवनको सुन्दर रुखमा चढेकी छन्। पहिले उनलाई बाहिरी आवरण नै ठूलो लाग्थ्यो। आजकल भित्री शान्तिले समुन्नति ल्याउने बुझ्दै छिन्। जिन्दगीभर उनले खुसी बाहिर खोजिन्। जुन उनीभित्रै रहेछ। बुझ्दै छिन्। सुख, शान्ति, आनन्द, प्रसन्नता र प्रेम प्रदान गर्ने मान्छेभन्दा ठूलो चिज संसारमा अर्काे छैन। तैपनि सानो कुरामा मान्छे किन चाउरिन्छ। रिसाउँछ र अर्काेलाई प्रेम गर्दैन। उनका दिन यसमै घोत्लन्छन् आजकल।-नेपाल समाचारपत्रबाट

प्रकाशित मिति : २०७५ बैशाख २,आइतबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu