अब गुड्ने हैन उड्ने ट्याक्सी !

विज्ञान तथा प्रविधिको उन्नत विकासले मानव समाजको भविष्यबारे यकिन गर्न गाह्रो छ । यसको विकासले मानिसहरूको सपनालाई विपनामा बदलिँदै आएको छ । भलै विज्ञानको मानवतासम्बन्धी उद्देश्यलाई बिर्सेर विज्ञान तथा प्रविधिको उन्नत विकासले मानव समाजलाई ध्वंस पार्ने भविष्यवाणी गर्ने बेलायतका विश्वप्रसिद्ध वैज्ञानिक स्टिफन हकिङको देहवसान भएपनि तिनका अनुयायीहरू निरन्तर खबरदारी गरिरहेका छन् ।

कृत्रिम बौद्धिकता (आटिफिसियल इन्टेलिजेन्स–एआई)को विकासले संसारलाई फेर्न लागेको हो । मानिसलाई उनीहरूले गर्नुपर्ने कामलाई सहज बनाउन निर्माण गरिने रोबोटले दुनियाँ फेर्न लागेको हो । मेसिन र मोटरको विकासले मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा पुराउन गुडने वाहनको विकास भयो । यो वाहनले भाडामा गाडी गुडाउन थालेदेखि यसलाई ट्याक्सी सेवा भनेर बुझिएको हो । मानिसले गुडने वाहन होइन उडने वाहन पनि बनायो । हवाई जहाजको माध्यमबाट मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा उडेर जाने सुविधा प्राप्त गर्यो । तर हवाइ जहाजलाई जताततै ओराल्न गाह्रो भएपछि हेलिकप्टरको विकास गरियो । तर यसले पनि आम मानिसलाई सहज सुविधा पुराउन सकेन ।

यसै विकास क्रममा गुडने ट्याक्सीको ठाउँमा उड्ने ट्याक्सीको विकास भोलोकप्टरले गरेको छ । यसले आगामी १० वर्ष पछि यो सेवाको विस्तार गर्ने गरी उड्ने ट्याक्सीका लागि स्टेसनहरूको विकास गर्न लागेको लगाएको छ । सन् २०२८ सम्म भोलोकप्टरको फ्लाइङ टयाक्सी (उडने टयाक्सीले दैनिक १० हजार यात्रुको ओसार पसार गर्ने गरी सेवा उपलब्ध गराउँछ । जर्मनको भोलोकप्टरले यो उड्ने ट्याक्सी सेवाको तयारीका क्रममा यसको प्रदर्शन गरेको छ । यो सेवाका लागि सहरका बहुतला भवनहरूको छानामा ट्याक्सी स्टेसनको रूपमा भोलो पोर्टको निर्माण गरिनेछ ।

कम्पनीका अनुसार उडने टयाक्सीको रूपमा प्रयोग हुने विमान पूर्णरूपमा तयार हुनेछन् । सामान्य मानिसका लागि यात्र गर्न सकिने गरी यसका अवतरण र उडान स्थलहरूको निर्माण गरिन्छ । सहर भर यो सेवा विस्ता गर्न दस वर्षजति लाग्ने कम्पनीले जनाएको छ ।भोलोकप्टरका संस्थापक एलेग्जन्डर जोसलले भने “यो उडान सेवाबाट मानिसलाई टयाक्सी सेवा सुरक्षित तवरले गराउने आफूहरूको उद्देश्य छ ।” घन्टामा १ हजार यात्रुलाई यो सेवा दिन सक्ने उनले जनाए ।

सुरूमा यो सेवा बढीमा २७ किलोमिटरको क्षेत्रमा र ३० मिनेटको समयमा उडान गर्न सकिने उपलब्ध हुनेछ । कम्पनीले यसको सेवा जर्मनी र दुबईमा पहिले गर्ने योजना बनाएको छ । हालै मात्रै यो कम्पनीले इन्टेलसँग साझेदारी गर्ने घोषणा गरेको छ । लास भेगाको सीइएसमा आयोजित एक कार्यक्रममा यो घोषणा गरिएको थियो । जनवरीमा सम्पन्न यो कार्यक्रममा भोलोकप्टरले आफ्नो सुपर ड्रोन्सको प्रदर्शनी गर्यो । प्रदर्शनीको क्रममा भोलोकप्टरको यो विमानलाई विश्वको पहिलो स्वचालित उडने ट्याक्सी भनिएको थियो । यसअघि हालै मात्र दुबईमा यसले मानवरहित उडान परीक्षण गरेको थियो । यो उडान प्रदर्शनी पछि मानिसहरूले यसलाई ट्याक्सी सेवाको रूपमा फोनको माध्यमबाट बोलाउन र यसको उपयोग गर्न पाउने अपेक्षा गरिएको छ ।

मानिसले फोन गरी यो उडने ट्याक्सीलाई बोलाए पछि टयाक्सीले तपाई कहाँ जाने भन्नेछ र तपाईको जवाफ अनुसार उडाएर गन्तव्यसम्म पुराउने सेवा उपलब्ध गराउँछ । यसका लागि चालकको आवश्यकता हुँदैन् । यो आफै उडाएर लान्छ र भनेको स्थानमा पुराउँछ । यो सुरक्षित र भरपर्दो उडने ट्याक्सी सेवा उपलब्ध गराउँछ ।

स्वचालित यो फ्लाइङ ट्याक्सी विद्युती ऊर्जाबाट उड्नेछ । यसमा प्रयोग हुने ऊर्जाबाट वातावरणलाई प्रदुषित पार्ने खालका ग्यास उत्र्सजन हुँदैन् । वातावरण संरक्षणका लागि यो सेवा राम्रो हुने अपेक्षा गरिएको छ । कम्पनीले सहरी क्षेत्रमा वातावरण संरक्षण नीति अनुकूल राम्रो सेवा यात्रुलाई उपलब्ध हुने विश्वास व्यक्त गरेको छ । हलिउड मुवीको काल्पनिक कथा जस्तो लाग्ने यो आविश्कार उपभोक्तासम्म आइपुग्न भने समय लाग्नेछ । तर प्रविधि क्षेत्रमा भने यसको बहस सुरु भइसकेको छ । धर्मेन्द्र कर्णले लेखेका यो खबर कारोबार दैनिकबाट लिइएको।

प्रकाशित मिति : २०७५ बैशाख ७,शुक्रबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu