काठमाण्डौमा बिहान २ बजेर २३ मिनेटमा भूकम्पको कडा झट्का


बुधबार सबैरै बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर २३ मिनेटमा भूकम्पको कडा झट्का महसुसस भएको हो । इसिएमसीले पनि पनि नेपालमा भूकम्पको धक्का महसुस भएको जानकारी दिएको छ ।

तर, यसको क्षमताबारे भने पुष्टि भइसकेको छैन । २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पपछि डेढ वर्षसम्म निरन्तर परकम्प गएका थिए । यो पटक भने लामो समयपछि भूकम्पको धक्का महसुस भएको हो ।

उपत्यकामा बुधबार बिहानै गएको भूकम्पबारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रले कुनै जानकारी उपलब्ध गराएको छैन । इसीएमसीले भने उपत्यका नजिकै भूकम्प गएको जनाउँदै तर त्यसको क्षमताबारे जानकारी प्राप्त नभएको उल्लेख गरेको छ।

अन्नपुर्णपोष्टबाट

संबन्धित
सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu