प्रधानमन्त्री ओलीमा सामन्ती व्यवस्थाको श्री ३ को मनस्थिती आएको छ : प्रकाशचन्द्र लोहनी

सगरमाथा टेलिभिजनको कार्यक्रम ‘एसटिभी च्याट’मा कुराकानी गर्दै पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहनीले भने-‘अहिले मुलुक अराजकता र अन्यौलको स्थितिमा छ। छ महिना पहिला देशले स्थिरता र एउटा लय लिन्छ भन्ने लागेको थियो तर त्यो गलत सावित भयो।कुनैपनि क्षेत्रमा सन्तोष गर्ने ठाउँ भेटिदैन।ओलीमा दुई तिहाई भएपछि मैले जे-पनि गर्न सक्छु भन्ने ठ्याक्कै सामन्ती व्यवस्थाको श्री ३ को मनस्थिती आएको छ।’

प्रधानमन्त्री भईसकेपछि ओलीमा अहंम बढेको छ।उनले देशको लागी गर्नुपर्ने कामको प्रथामिकता तोकेका छैनन्।भ्रष्टचार नियन्त्रण गर्छु भनेर भन्ने तर आफ्नै क्याविनेटले अयोग्य भनेर छानबिन गरेको व्यक्तिलाई फेरी जिम्मेवारी दिएका छन्।भ्रष्टचार गर्दिन र गर्न पनि दिन्न भन्ने ओलीले त्यसको ठिक विपरित गरेका लोहनीको भनाई छ।

लोहनीले अगाडि भने-‘ओलीले आफ्नो ओलोचना गर्नेहरुलाई अरिङगाल जस्तै भएर हमला गर र सिध्याउँ भनेर कार्यकर्तालाई निर्देशन दिए।यसलाई ‘अरिङगालबाद’ भन्दा हुन्छ।’

‘राजा महेन्द्रले प्रजातान्त्रिक संस्थालाई हटाए तर देशलाई अगाडि बढाउन थुप्रै काम गरे।औधोगिकरण गरे, भूमिसुधार ऐन लागु गरे र नेपाललाई जोड्न यातायातको संजाल विस्तार गरे,’ लोहनीले महेन्द्रको तारिफ गरे।

निर्मला पन्त बलात्कार-हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई निलम्बन मात्र होइन,उनलाई जेल हाल्न पर्थ्यो।गृहमन्त्री रामबहादुर थापाले हल्काफुल्का टिप्पणी गरिरहेर समय गुजार्दै गरेको आरोप लोहनीले लगाए।

ओली गृहमन्त्री हुँदा राम्रो काम गरेका थिए,तर प्रधानमन्त्री भईसकेपछि दुई तिहाईको दम्भले ओलीमा अहंकार बढ्यो,ओलीमा मैले जे गरेपनी हुन्छ भन्ने सोच पलाएको लोहनीको बुझाई छ।

हेर्नुहोस् लोहनीसँगको कुराकानी

प्रकाशित मिति : २०७५ असोज १२,शुक्रबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu