म शासक भएको भए नेपाललाई पाँच बर्षमा चीन जस्तो बनाउँथे : पूर्व महान्यायाधीवक्ता संग्रौला

डाँफे टिभीसँग कुराकानी गर्दै पूर्व महान्याधिवक्ता डा.युवाराज संग्रौलाले भने-‘वैदेशिक रोजगारीबाट आएको पैसाले उत्पादनमुलक क्षेत्रमा खर्च भएन।सामाजिक विकृती पनि बढ्दै गईरहेको छ।पारिवारिक हिंसा बढेको छ।’

संग्रौला अगाडि भन्छन्-‘नेपालले भारतलाई पछिल्लो बर्ष पठाएको रेमिट्यान्स ३ खर्ब २२ अर्ब हो। भारतलाई धेरै रेमिट्यान्स दिने सातौं नम्बरमा नेपाल पर्छ।हामी भारतको सहयोगमा होइन,भारत नेपालको सहयोगमा बाँचेको छ।सिंगो बिहार नेपालको पैसामा बाँचेको छ।भारतले नेपाललाई दिने पैसा दश-बीस अर्ब हो,तर हामी चाँहि प्रत्येक बर्ष चार खर्ब भन्दा धेरै पैसा भारत पठाउँछौं।’

‘अर्थमन्त्री भन्छन् निजी क्षेत्रलाई माथि लगेर हामी देशको विकास गर्न सक्छौं,म कानुन पढेको मान्छे भन्छु,यो देशको एउटा बर्बादी विदेशीहरुको खेल र दोस्रो बर्बादी यो देशका अर्थशास्त्रीहरुको तथ्यांकहरूको खेल,’ संग्रौलाले भने।

यदि म शासक भएको भए पाँच बर्षमा चीन जस्तो बनाउँथे।चीनको सत्तरी प्रतिशत भटमास अमेरिकाबाट जाने रहेछ।भटमास चीनमा धेरै कुराहरुमा प्रयोग हुन्छ।अहिले चीनमा भटमासको अभाव छ। यो बेलामा नेपालले चीन सरकारसँग कुरा गरेर नेपाली किसानहरुलाई भटमास उत्पादन गर्न प्रेरित गरेर चीन निर्यात मात्र गर्न सकियो भने नेपालको अर्थतन्त्रमा कायापलट हुने संग्रौलाको तर्क छ।

‘सबै नेपालीहरु उत्पादनको क्षेत्रमा लाग्न पर्छ।जहाँ जसरी सकिन्छ उत्पादनको क्षेत्रमा लाग्न सबैलाई प्रेरित गर्नुपर्छ।नेपालमा जता पल्टिए पनि पैसा छ’, संग्रौलाले भने।

हेर्नुहोस् संग्रौलासँगको कुराकानी

प्रकाशित मिति : २०७५ असोज १५,सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu