कार्तिक २७ गते मंगलबार इश्वी सन् २०१८ नोभेम्वर १३ तारीखको राशिफल

आज श्री शाके १९४० बि.स. २०७५ साल कार्तिक २७ गते मंगलबार इश्वी सन् २०१८ नोभेम्वर १३ तारीख कार्तिक शुक्ल पक्ष षष्ठी तिथी उत्तराषाढा नक्षत्र शुल योग कौलव करण चन्द्रमा धनु राशिमा प्रातः ९:२६ बजे सम्म पश्चात मकर राशिमा सुर्य दक्षिणायन शरद ऋतु छठ पर्व डाला पूजा – ज्यो.पं. सरोज घिमिरे ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ -गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो -ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । परीश्रमको राम्रो फल प्राप्त होला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह -भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो -सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे -अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो -सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते -मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु -सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे -नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि -बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । मान्यजन को साथ प्राप्त हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात दम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि -सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu